Home क्र्यास टेस्टमा चम्कियो हुन्डाई भेन्यू, ५ स्टार रेटिङ प्राप्त

क्र्यास टेस्टमा चम्कियो हुन्डाई भेन्यू, ५ स्टार रेटिङ प्राप्त

Krispa Pyakurel
326 Views
Mar 31
हुन्डाई भेन्यू क्र्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङसहित आधुनिक सुरक्षा र सुविधा प्रदान गर्दै।

हुन्डाई भेन्यूले क्र्यास टेस्टमा ५ स्टार रेटिङ हासिल

 

काठमाडौं – भारतमा निर्माण भएको हुन्डाई भेन्यूले हालैको क्र्यास टेस्टमा उत्कृष्ट फाइभ स्टार रेटिङ पाएको छ। भारतको एनक्याप (Global NCAP India) द्वारा गरिएको परीक्षणमा नयाँ जेनेरेशन भेन्यूले एडल्ट र चाइल्ड दुवै यात्रुको सुरक्षामा उच्च अंक हासिल गर्दै यस सफलता हासिल गरेको हो।

एडल्ट प्यासेन्जर सुरक्षामा भेन्यूले ३२ मध्ये ३१.१५ अंक प्राप्त गरेको छ भने चाइल्ड प्यासेन्जर सुरक्षामा ४९ मध्ये ४४.४६ अंक पाएको छ। यसरी समग्रमा गाडीले फाइभ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। परीक्षणमा ‘एचएक्स-टु’ डिजेल भेरियन्ट र ‘एचएक्स-१०’ भेरियन्ट दुवैले उत्कृष्ट स्कोर देखाएका छन्।

 

सुरक्षा विशेषताहरू

हुन्डाईले भेन्यूमा सुरक्षा र सुविधा दुवैमा धेरै ध्यान दिएको छ। यसमा उपलब्ध छन्:

  • ६ एयरब्याग्स, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल, फ्रन्ट पार्किङ सेन्सर
  • सबै चक्कामा डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम
  • इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल (ESC), भेहिकल स्टेबिलिटी मेनेजमेन्ट सिस्टम (VSM)
  • ३६० डिग्री क्यामेरा

साथै, एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम (ADAS) ले लेन फलोइङ एसिस्ट, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, फरवार्ड कोलिजन अभोइडेन्स एसिस्ट, स्मार्ट क्रुज कन्ट्रोल, हाइबिम एसिस्ट, लिडिङ भेहिकल डिपार्चर अलर्ट जस्ता १६ सुरक्षा फिचरहरू प्रदान गर्दछ। यसले “एडास लेभल टु” प्रविधिको माध्यमबाट चालकलाई आवश्यक जानकारी प्रदान गर्छ।

 

ड्राइभिङ र सुविधा

हुन्डाई भेन्यूमा ड्राइभिङ मोड सुविधा पनि रहेको छ। यसले सडक र ट्र्याकको अवस्था अनुसार ‘ईको’, ‘नर्मल’ र ‘स्पोर्ट्स’ मोड चयन गर्न सकिन्छ, जसले यात्रामा फरक किसिमको “ड्राइभिङ फन” प्रदान गर्छ।

साथै, ट्रयाक्सन कन्ट्रोलको सहयोगले भेन्यूले स्यान्ड, मड र स्नो मोड पनि सपोर्ट गर्दछ। यसले कठिन सडकमा पनि सुरक्षा र नियन्त्रण सुनिश्चित गर्दछ।

नयाँ जेनेरेशन भेन्यू आधुनिक डिजाइन, उच्च सुरक्षा र सुविधा सुविधासहित नेपाली बजारमा एक भरोसायोग्य विकल्प बन्ने तयारीमा छ।

 

Comment